सर्लाहीको मालपोत कार्यालय र यातायात कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ

सर्लाहीको मालपोत कार्यालय र यातायात कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ
सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार (हिजो) साँझ करिब ४ः५० बजे मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर र मालपोत कार्यालय मलंगवा परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा मलंगवा–६ का २७ वर्षीय जय प्रकाश साह र मलंगवा...

मोरङमा प्रहरीका युनिट इन्चार्जहरु परिवर्तन, २७ जनाको जिम्मेवारी हेरफेर

मोरङमा प्रहरीका युनिट इन्चार्जहरु परिवर्तन, २७ जनाको जिम्मेवारी हेरफेर
विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङ मातहत रहेका प्रहरीका विभिन्न युनितका इञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले एकैपटक ठूलो संख्यामा जुनियर प्रहरी अधिकृतहरु प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) र प्रहरी नायव निरीक्षक (सई)हरुको जिम्मेवारी हेरफेर गरिएको जानकारी दिएका हुन्। बरिष्ठ सई तथा सईहरुको जिम्मेवारी हेरफेर गरिएका कारण प्रहरीका विभिन्न युनिटक...

मोटरसाइकलको ठ’क्क’रबाट ६० बर्षिय काफ्लेको मृ’त्यु

मोटरसाइकलको ठ’क्क’रबाट ६० बर्षिय काफ्लेको मृ’त्यु
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका—५ मा शनिबार साँझ मोटरसाइकलले ठ’क्क’र दिदा ६० बर्षिय नरेश काफ्लेको मृ’त्यु भएको छ । साइकल यात्रा गरिरहेका काफ्लेलाई मे ६ प ५९४ नम्बरको मोटरसाइकलले ठ’क्क’र दिदा काफ्लेको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । काफ्लेलाई उपचारको लागि न्युरो अस्पताल पु¥याउदा मृ’त्यु भएको बताइएको छ । मोटरसाइकल चालक सुनबर्षी १ का करिव ३० बर्षिय अभिशेक कार्की घाइ...

सक्रिय प्रहरी : चार दिनमा दुई सय २६ जना पक्राउ

सक्रिय प्रहरी : चार दिनमा दुई सय २६ जना पक्राउ
काठमाडौं। नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले यही चैत १८, १९, २० र २१ गतेको अभियान अन्तर्गत दुई सय २६ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया थालिएको जानकारी दिए। प्रहरी प्रधान कार्यालय...

सहचालकले बस ब्याक गर्दा १० वर्षीय इरेसको मृत्यु

सहचालकले बस ब्याक गर्दा १० वर्षीय इरेसको मृत्यु
चितवन । बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई भरतपुर महानगरपालिका–३ नगरवन सडकछेउमा बस्ने १० वर्षीय इरेस घोस्ले रहेका छन् । नगरवन मार्गमा बाप्र०६००१ख ०४९२ नम्बरको बस गए राति सहचालकले पार्किङका लागि पछाडि सार्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते घोस्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बस र सहचालक प्रहरीको नियन्त्रणमा रहेक...

‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइदिएको रहेछ’ : गृहमन्त्री गुरूङ

‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइदिएको रहेछ’ : गृहमन्त्री गुरूङ
काठमाडौं । गृहमन्त्री सुधन गुरूङले विगत ३६ वर्षसम्म सुरक्षाकर्मीलाई प्रभावकारी रूपमा काम गर्न नदिई ‘हत्कडी लगाइदिएको’ अवस्था रहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै उनले सुरक्षा संयन्त्र दलीय प्रभाव र हस्तक्षेपमा परेको संकेत गरेका हुन्। गृहमन्त्री गुरूङले सुरक्षाकर्मीलाई स्वतन्त्र रूपमा काम गर्न नदिँदा देशमा कानुनी शासन कमजोर बनेको उल्लेख गरे। उनले विगतमा प...

बुढीगंगामा प्रथम गोल्डकप : स्थानीय खेलाडीलाई राष्ट्रियस्तरमा पुर्‍याउने लक्ष्य

बुढीगंगामा प्रथम गोल्डकप : स्थानीय खेलाडीलाई राष्ट्रियस्तरमा पुर्‍याउने लक्ष्य
मोरङको बुढीगंगा गाउँपालिकाले प्रथम बुढीगंगा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी चैत २१ देखि २७ गतेसम्म बुढीगंगा–२ स्थित अमाही खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आफ्नै पहलमा फुटबल टिम तयार पार्दै गोल्डकप आयोजना गर्न लागेको हो। पछिल्लो एक वर्षदेखि गाउँपालिकाले फुटबल, भलिवल, कबड्डी र डोरीतान लगायतका खेलका खेलाडीलाई नियमित प्रशिक्षण दिँदै आएको ...

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन्। सिंहदरबास्थित संघीय संसद् सचिवालयमा आज बिहान ११ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन्। अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्। सभामुखका लागि आज बिहान ११ देखि ...

जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल

जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न बिहीबार राति केएमसी अस्पताल पुगेका छन्। घाइतेहरूलाई निःशुल्क उपचार प्रदान गर्दै आएका पूर्व सांसद डा. सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद समेत दिएका थिए । गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै अस्पताल पुगेका थिए । उनल...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौं। स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ। चाँदीको मूल्य तोलामा रु ५० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८३० कायम भएको छ। बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार कायम भएको थियो। गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ६०० ...