भोजपुरमा महिलाको स्तन काटेको आरोपमा एक जना पक्राउ
भोजपुर / भोजपुरको सेमेङ घटनामा महिलाको दुवै स्तन काटेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
गत बुधबार नकावधारीको समूहले खकुवाखोलामा लुगाधुन गएकी सुब्बा तमाङको अन्दाजी ३३ वर्षीया श्रीमती बिना तामाङको स्तन काटेर फरार रहेका थिए ।
सोही घटनामा संलग्न रहेको आरोपमा षडानन्द नगरपालिका–८ सेमेङका स्थानीय ३४ वर्षीय गोविन्द राईलाई पक्राउ गरिएको हो । पक्राउ पछि प्रहरी कार्यालय भोजपुर लगिएको आरोपित राईमाथि ...









