महिलामाथि डोजर चलाउने चालक बोहरा जेल चलान
बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालक किशोर बोहरा पूर्पक्षका लागि जेल चलान भएका छन् ।
बैतडी जिल्ला अदालतका जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई आइतबार पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो ।
त्यस्तै चालक बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही...









