सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा ०८ स्थित सलकपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आइतबार राती करिब १०:४५ मा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा ३७ प ८७५९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक झापाको कन्काई ३ का ४४ वर्षिय पेशल केसि घाइते भएका थिए ।

घाईते भएका मोटरसाईकल चालक के.सी. लाई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

दुर्घटनामा परी ट्रकमा सवार रहेका ईटहरीका यम.पी. रुस्तम र मित्र लाल न्यौपाने घाईते भई उपचारको लागि बिराटनर्सिङ होम पठाईएको तथा ट्रक चालक फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । ट्रक र मोटरसईकल भने उक्त कार्यालयको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया