उदयपुर / उदयपुरको सदरमुकाम गाईघाटमा एक होटलबाट अश्लिल क्रियाकलाप गरेको आरोपमा होटल साहुनी सहित ८ जना पक्राउ परेका छन् ।

त्रियुगा नगरपालिका ११ सएके पेट्रोल पम्प पछाडी सुष्मा राईले संचालन गर्दै आएको होटलमा होहल्ला, अश्लिल क्रियाकलाप भईरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा होटल साहुनी सहित ८ जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा होटल साहुनी त्रियुगा नगरपालिका १० की सुष्मा राई सहित ३ जना महिला र ५ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।

अश्लिल क्रियाकलापमा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको बारेमा थप असुन्धान भईरहेको प्रहरीले जानकारी दिए

तपाईको प्रतिक्रिया