इटहरी , सधै सडकको धुवाधुलो झेल्दै ट्राफिक व्यवस्थापन गर्न खटिने प्रहरीको लागि इटहरीमा एकदिने निशुल्क फोक्सो परिक्षण गरिएको छ । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले सिप्ला लिमिटेडको सहकार्यमा प्रदेश १ मा खटिने ट्राफिक प्रहरीहरुको लागि निशुल्क फोक्सो परिक्षण गरेको हो ।धुवाधुलोको कारण प्रहरीमा देखिने फोक्सोका लक्षणहरु चेकजाँच गर्नुको साथै उपचारको समेत व्यवस्था मिलाएको थियो । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीमा ल्याब टेक्निसियन सहितको टोलीले प्रहरीको फोक्सो जाँच गरेका थिए । जाँचका क्रममा प्राय धेरै प्रहरीको धुवाधुलोका कारण फोक्सोमा समस्या देखिएको रिर्पाेट आएको थियो । ब्रेथो मिटरबाट पालैपालो प्रहरीको फोक्सो परिक्षण गरिएको थियो । रिर्पाेटमा पहाडी भेगमा कार्यरत ट्राफिक प्रहरी भन्दा तराईमा खटिने प्रहरी

को फोक्सोमा बढी समस्या देखिएको चिकित्सकहरुले जानकारी गराएका थिए । फोक्सो परिक्षणसगै श्वासप्रश्वास सम्बन्धि बरिष्ठ दम रोग बिशेषज्ञ डा. अनिता नन्दले प्रहरीको स्वास्थ्य चकजाँच गरेकी थिईन ।
प्रदेशका ट्राफिक प्रहरीका प्रमुख एसपी भिमबहादुर दाहालले आफ्नो फोक्सो परिक्षण गरेर कार्यक्रमको उदघाटन गरेका थिए । फोक्सो सम्बन्धि काम गदै आएको सिप्ला लिमिटेडको प्राबिधिक सहकार्यमा एक दिने कार्यक्रम आयोजना गरिएको एसपी दाहालले बताए ।फिल्डमा मात्र खटिने प्रहरीको स्वास्थ्यको समेत ख्याल गर्नलाई श्वासप्रश्वास सम्बन्धि ‘सिओपिडी’ जाँच गरिएको उनले बताए ।
फोक्सो परिक्षण गराएका धनकुटा जिल्ला ट्राफिक प्रहरीका प्रमुख प्रहरी नायब निरीक्षक सुरेन्द्र खड्काले यस्तो परिक्षण महिनामा एक पटक अनिर्वाय गरिने पर्ने बताए ।
सिटी सफारी चालक नगेन्द्र लिम्बुले पनि चालकहरुलाई बोलाएर फोक्सो परिक्षण गर्दा चालक र ट्राफिक प्रहरी बिचको दुरी कम हुने बिश्वास व्यक्त गरे ।
कार्यक्रममा सुनसरी, मोरङ, धनकुटा, उदयपुर र झापाका ट्राफिक इन्र्चाजहरुले पनि फोक्सो परिक्षण गरेका थिए । बिशेष गरी ट्राफिक प्रहरीहरुमा प्राय श्वासप्रश्वास सम्बन्धि रोग देखा पर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया