दशैंको मुखमा काम खोज्दै भारत जानेको लर्को
कञ्चनपुर। हिन्दू नेपालीहरूको महान् चाड दशैं आउन एक साता मात्रै बाँकी छ। यतिबेला दशैं मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन्। सुदूरपश्चिममा भने दसैंको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ।
विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो। दैनिक हजारौंको संख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य द...











