१७ अर्ब ८६ करोडको अवैध कारोबार, मोरङका २ सहित २१ जना पक्राउ
विराटनगर । १७ अर्ब ८६ करोड भन्दा बढी रकम अवैध कारोबार गरेको आरोपमा मोरङका २ सहित प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मोरङको रतुवामाई नगरपालिका– ६ आमबारीका वीरेन्द्रप्रसाद साह र दीपेन्द्रप्रसाद साहसहित ११ जिल्लाबाट २१ जनालाई पक्राउ गरेको हो ।
मोरङका वीरेन्द्र र दीपेन्द्रले २ अर्ब ८२ करोड १९ लाख ३३ हजार अवैध कारोबार गरेको सीआइबीकाे आरोप छ ।अव...










