विराटनगर । १७ अर्ब ८६ करोड भन्दा बढी रकम अवैध कारोबार गरेको आरोपमा मोरङका २ सहित प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मोरङको रतुवामाई नगरपालिका– ६ आमबारीका वीरेन्द्रप्रसाद साह र दीपेन्द्रप्रसाद साहसहित ११ जिल्लाबाट २१ जनालाई पक्राउ गरेको हो ।
मोरङका वीरेन्द्र र दीपेन्द्रले २ अर्ब ८२ करोड १९ लाख ३३ हजार अवैध कारोबार गरेको सीआइबीकाे आरोप छ ।अवैध कारोबारको आरोपमा महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो, धनुषाका निरोजकुमार महतो, सोही जिल्लाका अलिता देवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, सञ्जिवकुमार महतो, पर्साका प्रदीपकुमार साह पक्राउ परेका छन् । त्यस्तै नवलसरासीका राजकमल लोनिया, भीमकुमार गुरुङ, सप्तरीका रामविलास साह तेली, ममता कुमारी, पर्साका बिकर्णजंग राणा, नवलपरासीका गणपति पाण्डे, वीरगञ्जका सलमा खातुन, सप्तरीकी सुशीलाकुमार साहु, चितवनका गोविन्दप्रसाद आचार्य र सप्तरीका शम्भु मेहता पक्राउ परेका छन् ।
उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको अवैध कारोबार गरको सीआईबीका प्रवक्ता तथा एसपी सुधीरराज शाहीले जानकारी दिए ।
भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छली लगायतमा संलग्न रहेका व्यक्ति तथा समूहले अवैध कारोबारबाट प्राप्त गरेको गैर कानुनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा जम्मा गर्न लगाउने गरेको प्रहरीले बताएको छ ।उक्त रकमलाई रेमिटेन्स भुक्तानी गर्न अनुमति लिएका मनी ट्रान्सफरहरूले डिजिटल वालेट कम्पनीमार्फत इ–मनी बनाइ उक्त रकमलाई रेमिटेन्स वापत भुक्तानी मिलाई अवैध कारोबार गरेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया