विराटनगर । घरको गेटले किच्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ ।
मंगलबार बिहान विराटनगर महानगरपालिका– ४ जामुनगाछी स्थित राधाकृष्ण मार्ग बस्ने नारायण झाका १० वर्षीय छोरा प्रियान्सु झाको मृत्यु भएको हो ।
आफ्नै घरको फलामको मेन गेट खोल्ने क्रममा बिहान करिब साढे ९ बजे उनलाई गेटले किचेको थियो ।गेटले किच्दा गम्भीर घाइते भएका बालकलाई नोबेल मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेको प्रहरीले बताएको छ ।


















