मोरङ। मोरङ र झापाबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । स्कुटरमा सवार रहेका र सीटी सफारी चालक युवा पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–१६ बाट प्रदेश १–०२–०४० प ८६१९ नम्बरको स्कुटरमा सवार विपुल विष्ट र झापाको मेची नगरपालिका–६ बाट प्रदेश १–०१–००२ ह २३६६ नम्बरको सफारीका चालक अविनाश ढकाल पक्राउ परेका हुन् । मोरङको बेलबारी नगरपालिका–४ घर भएका २८ वर्षीय विष्टलाई भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा आइतबार पक्राउ गरिएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।
उनका अनुसार विष्टको साथबाट ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने वस्तु ३।३५ ग्राम बरामद भएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
त्यस्तै, मेचीनगर–६ का ढकाललाई पनि ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । ढकालको साथबाट १।३७० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया