जुवाका आरोपीलाई चार दिन थुनामा राख्न अनुमति
काठमाडौँ । जुवा खेलिरहेको आरोपमा ठूलो रकमसहित महाराजगञ्जबाट पक्राउ गरिएका घरधनी किरण गौतमसहित २५ जनालाई थप चार दिन थुनामा राख्न अनुमति दिइएको छ । प्रहरी अनुसन्धान जारी रहेकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंँले चार दिन थुनामा राख्न अनुमति दिएको हो । अपराध संहिताले जुवा अपराध अन्तर्गत जुवा तथा कौडा खेल्ले र खेलाउनेलाई तीन महिना कैद र ३० हजार रुपियाँसम्म जरिवाना सजाय तोक्न सक्ने कानुनी व्यवस्था...











