डेंगुबाट विराटनगरमा एक जनाको मृत्यु
२६ भदौ, विराटनगर । डेंगुका कारण विराटनगरमा एक जना विद्यार्थी को मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर– १० का १८ वर्षीय अभिनाश शर्मा रहेका छन् । शर्मा विराटनगरको शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत थिए ।
मंगलबार गोल्डेन अस्पताल विराटनगरमा भर्ना भएका शर्माको बुधबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
अविनाशलाई भदौ २० गते सामान्य ज्वरो आएपछ...










