बिराटनगर । बिराटनगर महानगरपालिकाले छोरी वचाउ अभियान थालनी गरेको छ । गर्भमा छोरी रहेको थाहा हुनासाथ भ्रुणहत्या हुने क्रममा वृद्धि हुन थालेपछि  यो अभियान शुरुवात गरिएको हो। महानगरले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोश्रो सन्तान छोरी जन्माउने ३६ जना परिवारलाई २५ हजार बैंकको अक्षकोषमा जम्मा गरिदिएको छ ।   अभियान थालनी गरेको  प्रथम छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप रकम वितरण गरेको छ ।

महानगरपालिकाले आर्थिक वर्ष २०७५—०७६ को वार्षिक वजेट नीति तथा कार्यक्रममा प्रोत्साहन रकम दिने निर्णय भएको थियो । आमालाई संरक्षण छोरीलाई उच्च शिक्षाका लागि नारीलाई सक्षम बनाउन यो अभियान थालिएको उपमेयर ईन्दिरा कार्कीले बताईन् ।
महागरपालिकाले प्रदान गरेको प्रोत्साहन भत्ता लिनका लागि आमाको उमेर २० वर्ष पूरा हुनुपर्ने, गर्भको बेला कम्तीमा तीन पटक स्वास्थ्य जाँच अनिवार्य गरेको हुनुपर्ने महानगरपालिकाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया