धरान, धरानमा घरभित्रै पसेर सुन चोरी गर्ने दुई चोर पक्राउ परेका छन् । धरान उपमाहानगरपालिका ५ देउरालीबाट बर्ष ३३ को नरवती राईको घरबाट सुन चोरी गर्ने सोहि वाडाका बर्ष ३६ को सुर्य बहादुर बिश्वकर्मा र बस्ने बर्ष ३३ को भक्त बहादुर बिश्वकर्मा पक्राउ परेका छन् ।

उनीहरुले राइको घर भित्र पसेर जन्तर १ थान, तिलहती १ थान, सुनको जुनतारा १ थान, ब्रासलेट १ थान, औठी १ थान, पिजडा १ जोर, बेरुवा औठी १ थान समेत जम्मा तौल ३ तोला ५ आनी २ लालको मुल्य रु.२,३८,५७८।( र चादिका गहना ब्रासलेट २ तान, सिक्री १ थान मुल्य रु.५,९५५।( पर्ने गरगहान चोरी गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सुचना पाएपछि सुर्य बहादुर र भक्त बहादुरको शरिर खानतलासी गर्दा उक्त गरगहना फेला परेकोपछि उनि दुवैलाई पक्राउ गरी चोरी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतबाट थुनाम राख्न म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भैरहेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया