काठमाडौं / राष्ट्रपतिले फिर्ता पठाएको राहदानी विधेयक पुनः अगाडि बढ्ने भएको छ। राष्ट्रपतिले परिमार्जनका लागि फिर्ता गरेको विधेयक सरकारले बिहीबारको प्रतिनिधि सभा बैठकमा पेश गर्ने तयारी गरेको हो। प्रतिनिधिसभाले विधेयक आजै पेश गर्नेगरी कार्यसूची तय गरेको थियो। तर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको समय अभाव देखिएपछि विधेयक विहिबार पेश हुने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सांसदहरुले राहदानी विधेयकले नागरिकको स्वतन्त्रता खुम्च्याउने ब्रिफ्रीङ गरेका थिए। लगत्तै राष्ट्रपति भण्डारीले विधेयक प्रतिनिधि सभामा फिर्ता पठाइदिएकी थिइन्। आजको नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया