रंगेली ।  मोरङको रंगेलीमा एक महिलालाई बसभित्रै जवरजस्ती गर्ने दुईजनालाई बस चालक र सहचालकलाई ईलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले  पक्राउ गरेको छ । रंगेली नगरपालिका वडा नम्वर ३ घर भई वर्ष ३७ को किरण खड्का ना ६ ख ९३४४ नम्बरको वसका चालक  र सोही वसका सहचालक उर्लावारी नगरपालिका वडा नम्वर ४ घर भएका वर्ष १९ को सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

आफन्तको घरमा बस्दै आएकी बर्ष १५ की बालिकालाई गत भदौ २२ गते बस भित्रै जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । वेतना सिमसार घुमफिर गरी दमक तर्फ जान हिँडेकी बालिका दमक पुगे पछी वसबाट झर्न खोज्दा झर्न नदिई ललाई फकाई सोही वसमा पथरीशनिश्चरे हुँदै रंगेली नगरपालिका ९ स्थित दोहमना हाटचौक लगेर बसभित्र जवरजस्ती गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

२२ गते साँझ साँढे ६ बजेको समयमा सोही वस भित्र चालक किरण खड्काले बालिकालाई हात समाई जवरजस्ती करणी गर्न खोज्दा सो व्यत्तिबाट बालिका बसबाट चिच्याउँदै बाहिर निस्कन खोज्दा बसकै ढोकामा रहेको सोही वसका सह–चालक सन्तोष न्यौपानेले जवरजस्ती हात समाई फेरी बस भित्र तानेर लग्न खोज्दा पिडिताले चिच्याई हल्ला  गरेपछि स्थानीयले थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए ।

पक्राउ परेका चालक र सहचालकको बारेमा अनुसन्धान भईरहेको र उनीहरुलाई ईलाका प्रहरी कार्यालय रंगेलीद्वारा मुलुकी अपराध संहिता २०७६ वमोजिम म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया