दाइजोमा भालु र सर्प, अंशमा पनि भालु
सिरहा / विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन अझै हटिसकेको छैन । तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदायअन्तर्गतको नट जातिले विवाह कर्ममा दाइजोमा भालु र सर्प दिन्छन् ।
सिरहा सुखीपुर –८ का साविरले छोराहरुलाई पनि भालु नै अंश दिए । बाजेको शेषपछि...











