विदेशीसँग ‘अनमेल’ बिहे, अस्वाभाविक उमेर अन्तर
पछिल्लो समय विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा पनि धेरै उमेर अन्तरमा विवाह गर्ने अधिक छन् । पछिल्लो तीन महिनामा मात्रै २० वर्षभन्दा बढी अन्तरमा विदेशसीसँग झण्डै एक दर्जन विवाह भएको छ ।
त्यसरी बिहे गर्नेमा महिला बढी छन् । ५० वर्षमाथिका मात्रै १५ जनाले काठमाडौं जिल्ला अदालतमा विवाह गरेका छन् । अस्वाभाविक उमेर अन्तरः २६ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग, २४ वर्षे युवती...











