सुनसरी / इटहरीमा ठुलो परिणामको पटका सहित एक जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी कार्यालय ईटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका-५ खाद्य गोदाम छेउबाट ३९ बण्डल खोर्सानी आकारको पटका सहित सहित कोशी गाउँपालिका-६ का ३३ बर्षीय अर्जुन शाह र २२ बर्षीय राम देव यादवलाई प्रहरीले पक्राउ गरेको हाे । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया