इटहरी । थारु समुदायको ऐतिहासीक सांस्कृतिक पहिचानको अधिकार प्राप्तिका लागि सामाजिक आन्दोलनका रुपमा यसपालीको जीतिया पर्व देशव्यापी रुपमा मनाउने तयारी गरेको थारु कल्याण कारीणी सभा सुनसरीले जनाएको छ ।

सभाले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । जितिया महोत्सव अशोज ५ गते सार्बजनिक रुपमा मनाउने तथारी गरेको पत्रकार सम्मेलनमा बताइएको छ । कार्यक्रममा जीतिया महोत्सव कार्यक्रम संयोजक तारा चौधरीले कार्यपत्र प्रस्तुत गर्दै आदीबासी जनजाती, मधेशी, दलित, महिला, मुस्लिमको पहिचान अधिकार सुनिश्चताका लागि संबिधान संशोधन गर्न दबाब दिने उदेश्यले आन्दोलनको रुपमा मनाउने स्पष्ट गरिन् ।

कार्यपत्रमा थारु भाषा संस्कृति संरक्षणका लागी समुदायले उठाएको माग मुदा ओझेलमा परेकोले अधिकारका लागि जोड दिने उल्लेख गरीएको छ । पत्रमा कैलालीका रेशम चौधरीको रिहाई, टिकापुर घटनाको उच्च स्तरीय छानबिन समितिको प्रतिबेदन सार्बजनिक, केन्द्र, प्रदेश र स्थानिय तहको सरकार लगायत हरेक तहमा जनसंख्याको आधारमा प्रतिनिधिको सुनिश्चितता लगायतको माग गरीएको उल्लेख छ ।

त्यसैगरी थारु जातीका बिभिन्न चाड पर्ब माघी, जीतिया, समाचकेवा, फगुवा, अटवारीमा सार्बजनिक बिदा, थरुहट शहिद प्रतिष्ठान गठनको माग गरीएको छ ।पत्रकार सम्मेलनमा सभाका पुर्व केन्द्रिय सभापति चन्द्रकुमार चौधरीले प्राचिन कालदेखी थारु महिलाले मनाउदै आएको जीतिया पर्व थारुको अधिकार, पहिचान, संस्कार, संस्कृति जोगाउन बृहत रुपमा सार्बजनिक कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरेको बताए ।

थारु कानुन ब्यबसायि सभाका केन्द्रिय अध्यक्ष रामराज चौधरीले नेपालको संबिधान २०७२ मा समान अधिकार दिएता पनी थारुको पर्ब संरक्षण गर्न नसकेको दाबी गर्नु भयो । उहाले राज्यले थारु समुदायलाई बिभेद गरेको बताउदै कार्यक्रम मार्फत अधिकार दाबी गर्दै मुदा उठान गर्न सामुहिक कार्यक्रम महत्वपुर्ण रहेको चर्चा गरे ।

सुनसरी अध्यक्ष सुरेन्द्र चौधरीले ओझेलमा परेका थारु जातीका माग मुदा उठान गर्न कार्यक्रम महत्वपुर्ण हुने चर्चा गरे । सभाका अध्यक्ष चौधरीले कार्यक्रममा प्रमुख अतिथिका लागि पुर्व सम्मानिय प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा गरीएको जानकारी दिए । कार्यक्रममा बिभिन्न जातजाती थारु, नेवार, राई, मुस्लिम समुदायको झाकी प्रस्तुत गरीने जनाइएको छ । थारु जातिका भेष भुषा, कला, संस्कृति, लोक गित, पौराणिक नाच प्रस्तुत गरीने आयोजकले जनाएको छ ।

महोत्सबलाई आकर्षण बनाउन हाति, घोडा समेत ल्याउने तयारी भएको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रम राजकुमार चौधरीले सञ्चालन गरेका थिए । अशोज महिनाको सप्तमीदेखी नवमीसम्म तीन दिन थारु महिलाले जीतिया पर्व प्राचिन कालदेखी मनाउदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रिया