जिवितै छँदा गा ड्न भन्दै अस्पतालले परिवारलाई जिम्मा दिएको शिशुको २४ घण्टा पछि निधन
नेपालगन्ज, २९ भदौ । भेरी अस्पतालमा जिवित छँदै मृ त घोषणा गरेर गाड्न भन्दै अस्पतालका कर्मचारीले परिवारको जिम्मा लगाएको नवजात शिशुको २४ घण्टा पनि निधन भएको छ । अस्पतालमा २३ हप्तामा ६ सय ग्राम तौलमा शुक्रवार शिशु जन्मिएको थियो । तर अस्पतालका स्वास्थ्यकर्मीले शिशुको मृ त्यु भएको भन्दै गाड्न लैजानु भन्दै परिवारको जिम्मा लगाएका थिए । प्लाष्टिकका पोको पारेर दिइएको शिशु गाड्न लैजाँदै गर्दा बाटोमै चलमलाएपछ...











