नेपालगन्ज, २९ भदौ । भेरी अस्पतालमा जिवित छँदै मृ त घोषणा गरेर गाड्न भन्दै अस्पतालका कर्मचारीले परिवारको जिम्मा लगाएको नवजात शिशुको २४ घण्टा पनि निधन भएको छ । अस्पतालमा २३ हप्तामा ६ सय ग्राम तौलमा शुक्रवार शिशु जन्मिएको थियो । तर अस्पतालका स्वास्थ्यकर्मीले शिशुको मृ त्यु भएको भन्दै गाड्न लैजानु भन्दै परिवारको जिम्मा लगाएका थिए । प्लाष्टिकका पोको पारेर दिइएको शिशु गाड्न लैजाँदै गर्दा बाटोमै चलमलाएपछि फर्काएर उपचार सुरु गरिएको थियो । सो शिशुको शनिबार बिहान ६ बजेतिर निधन भएको छ।

जाजरकोटको छेडागाड नगरपालिका ९ की २० वर्षीया कमला अधिकारीले जन्माएको शिशु जन्मँदै मृ त्यु भएको अस्पतालले घोषणा गरेको थियो । बाटोवाट फर्काएर शिशुलाई एनआइसीयुमा राखेर उपचार गर्दै गर्दा २४ घण्टाभित्रै मृ त्यु भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डन्ट डा बद्री चापागाईंले जानकारी दिए। सो घट ना पछि अस्पतालको लापरवाही भन्दै स्वास्थ्यकर्मीलाई कार वाहीको माग गरिएको छ । आफन्तको चर्को विरोध पछि अस्पताल प्रशासनले घ टनाको सत्यतथ्य छानबिन गर्नका लागि स्त्रीरोग विशेषज्ञ कल्पना थापाको संयोजकत्वमा शनिबार पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई एक हप्ताको म्याद दिइएको अस्पताल प्रशासनले जनाएको छ।

बच्चाको निधन भएपछि परिवारका सदस्यले अस्पताल प्रशासनमा केहीबेर विरोध प्रद र्शन समेत गरेका थिए। अस्पताल र पीडित परिवारबीचको छलफलपछि किरिया खर्च वापत २५ हजार रुपैयाँ र अस्पतालले सुत्केरीलाई जाजरकोटस्थित घरसम्म पुर्‍याउने विषयमा सहमति भए पछि वि वाद शान्त भएको हो ।

तपाईको प्रतिक्रिया