आज हरितालिका तीजको दर खाने दिन
हिन्दू महिलाहरुले मनाउने महत्वपूर्ण पर्व तीजको आज दरखाने दिन, विभिन्न परिकार बनाएर दर खाएर मनाइँदैछ । विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ ।
आज चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।
दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझम...