नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित
काठमाडौं । नेपालले एएफसी यु–१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग ९–२ को पराजय बेहोरेको छ ।
बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम राख्दै जित दर्ता गरेको हो ।
नेपालले खेलको १२ औं मिनेटमा सविनकुमार मगरको गोलमार्फत सुरुवाती अग्रता लियो। सुबास बमको क्रसलाई सदुपयोग गर्दै सविनले जापानलाई चकित पार्दै गोल ...