अमेरिका गएका खाेटाङकाे साकेला गाउँपालिका-४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
वडाध्यक्ष कटवालको अनुपस्थितिपछि पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरी तत्काल समस्या समाधानको माग गर्दै तालाबन्दी गरिएको हो।गत साउन २१ गते गठन गरिएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र फर्कन अल्टिमेटम दिएको थियो। तर, उनी नफर्किएपछि तालाबन्दी गर्न बाध्य भएको पूर्ववडाध्यक्ष भट्टराईले जानकारी दिए। यसबारे जिल्ला निर्वाचन आयोग, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी दिइएको छ। वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित हुन्।

तपाईको प्रतिक्रिया