विराटनगर पञ्चमुखी चौकको डि–प्लट भवन भत्काउन ठेक्का, नयाँ बनाउन बजेट
विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर ९ पञ्चमुखी हनुमान मन्दिर अगाडीको डिप्लट भवन भत्काउने ठेक्का लगाएको छ । यो भवन भत्काएर चालु आर्थिक वर्षमै नयाँ निर्माण प्रारम्भ गर्ने योजना अगाडी सारेको हो ।
महानगरपालिकाको मुटुमा रहेको यो भवन जीर्ण बनिसकेको थियो । यसमा व्यवसायीक भवन बनाउने योजनासहित महानगरपालिकाले पुरानो भत्काएर नयाँ बनाउने योजना सारेको हो । जसका लागि चालु आर्थिक वर्षमा...