बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालका अनुसार, घटना राति करिब ७:१० बजे बुढीगंगा-१ स्थित हिमगिरी साबुन फ्याक्ट्री अगाडि भएको हो। कोशी लोकमार्गमा नेमुवाबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०२-०४४ प ८४४ नम्बरको मोटरसाइकलले सडक क्रस गर्दै गरेको एक पैदल यात्रीलाई ठक्कर दिएको...

कोशी प्रदेशमा लागुऔषध सहित १० जना पक्राउ

कोशी प्रदेशमा लागुऔषध सहित १० जना पक्राउ
कोशी प्रदेशमा लागुऔषध सहित १० जना पक्राउ बिराटनगर : झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचिनगर नगरपालिका-४ स्थितमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागुऔषध बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका भारत दार्जिलिङका १९ बर्षिय सरोज माझी र शिवसताक्षी नगरपालिका-१ का २३ बर्षिय बिशाल खड्का र काठमाण्डौ महानगरपालिका-५ का २५ ...

मोरङको पथरीमा घरभित्रै पुरुषको हत्या, ज्वाईं फरार

मोरङको पथरीमा घरभित्रै पुरुषको हत्या, ज्वाईं फरार
मोरङको पथरीमा घरभित्रै पुरुषको हत्या, ज्वाईं फरार पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकमा आफ्नै घरभित्र १ जना पुरुषको हत्या भएको छ । प्रहरीका अनुसार हत्या गरिएको अवस्थामा शनिबार बिहान ७ः२० बजेतिर ६० वर्षीय चन्द्रबहादुर तामाङको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले आफ्नै घरको प्यासेजमा चन्द्रबहादुरको शव भेटिएको जानकारी दि...

दमकमा इन्सेफ्लाइटिसबाट बालकको मृत्यु

दमकमा इन्सेफ्लाइटिसबाट बालकको मृत्यु
  दमकमा इन्सेफ्लाइटिसबाट बालकको मृत्यु दमक। झापाको दमकमा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट एकजना बालकको मृत्यु भएको छ । दमक नगरप्रमुख रामकुमार थापाका अनुसार दमक ३ उज्यालो टोलका ७ वर्षीय शिशिर नेम्वाङको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो । दमक नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भण्डारीका अनुसार जापानिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा भने सर्दैन । लामखुट्टेले टोकेको ६ देखि १६...

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ ।भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै एक अर्बले राजस्व बढेको जानकारी...

विराटनगरका टार्जन बुढाथोकी अष्ट्रेलियाको इमर्जिङ लिडर अवार्डको फाइनलिस्ट सूचीमा

विराटनगरका टार्जन बुढाथोकी अष्ट्रेलियाको इमर्जिङ लिडर अवार्डको फाइनलिस्ट सूचीमा
विराटनगर । विराटनगर घर भएका एक नेपाली विद्यार्थी टार्जन बुढाथोकी अष्ट्रेलियामा इमर्जिङ लिडर अल्मुनाई अवार्डको फाइनलिस्टको सूचीमा परेका छन् । विराटनगर-५ घर भएका उनी सन् २०१८ मा अष्ट्रेलिया गएका थिए । उनले विराटनगरको एभरेस्ट स्कुलबाट एसएलसी दिएका हुन् । स्टडी मेलवर्नले प्रदान गर्ने भिक्टोरियन इन्टरनेसनल एजुकेसन अवार्डका लागि ७ विधामा दिने अवार्ड मध्ये बुढाथोकीको नाम इमर्जिङ लिडर अल्मुनाई अवार...

विराटनगरमा आज डेन्टल चिकित्सकको राष्ट्रिय सम्मेलन

विराटनगरमा आज डेन्टल चिकित्सकको राष्ट्रिय सम्मेलन
विराटनगर । देशभरीका दन्त चिकित्सकहरूको संस्था नेपाल दन्त चिकित्सक संघको २४ औं राष्ट्रिय सम्मेलन विराटनगरमा आज हुँदै छ। विराटनगरको होटल मनास्लु इनमा राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । संघले शुक्रबार नै नोवेल मेडिकल कलेज र एयरपोर्ट रोडस्थित होटल पर्पल हेजमा प्रि–कन्फर्म कार्यशाला समेत सम्पन्न गरेको छ । कार्यशालामा ७५ जना चिकित्सकहरूको ...

बागलुङमा चट्याङ लागेर घरभित्रै बसिरहेकी महिलाको मृत्यु

बागलुङमा चट्याङ लागेर घरभित्रै बसिरहेकी महिलाको मृत्यु
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गए राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा गए राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए । चट्याङ परेको खबर पाएलगत्तै प्रहरी वरिष्ठ हवल्दार केशव ...

दुई महिनामा चिया निर्यात ५२ प्रतिशतले बढ्यो

दुई महिनामा चिया निर्यात ५२ प्रतिशतले बढ्यो
झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो । प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको प...

तल्लो सेती जलविद्युत आयोजना : इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो

तल्लो सेती जलविद्युत आयोजना : इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
तनहु । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) उपर प्राप्त भएका सुझाव विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन उपर प्राप्त भएका सुझाव समेटेर तयार गरिएको अद्यावधिक प्रतिवेदन विद्युत् विकास विभाग र एसियाली...