सर्पको टोकाइबाट १८ बर्षे आशिषको निधन

सर्पको टोकाइबाट १८ बर्षे आशिषको निधन
सुतेकै ठाउँमा सर्पको टोकाइबाट १८ बर्षे आशिष राजबंशीको निधन भएको छ। गएराती घरमा मेची नगर -८ शान्ति टोल निन्दा बाँध छेउका बासिन्दा आशिषलाई सर्पले टोकेको थियो। उपचारका लागि चारली पुराउन केही ढिलो भएको कारण उनको मृत्यु भएको परिवारिक श्रोतले जानकारी दिएको छ।

जाजरकोट जिप दुर्घटना: मृतकको संख्या २ पुग्यो, यी हुन् १३ घाइते

जाजरकोट जिप दुर्घटना: मृतकको संख्या २ पुग्यो, यी हुन् १३ घाइते
जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। जिप दुर्घटनामा गम्भीर घाइते भई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउने क्रममाभेरी नगरपालिका–६ का ८० वर्षीय कलिमान खत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार दिउँसो ३ बजे खंलगाबाट भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको थियो।दुर्घटनामा जिप चाल...

काठमाडौँमा दूतावास स्थापना गर्न ओमानलाई नेपालको आग्रह

काठमाडौँमा दूतावास स्थापना गर्न ओमानलाई नेपालको आग्रह
नेपालले काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह गरेको छ। परराष्ट्रसचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेकी हुन्। नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको धारणा राखिन्।मस्कटस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा नेपाल(ओमान सम्बन्धका सबै पक्षमा छलफल भ...

एक पुरुषले गरे ३२ वर्षीया गर्भवती श्रीमतीको हत्या

एक पुरुषले गरे ३२ वर्षीया गर्भवती श्रीमतीको हत्या
भारतको दार्जलिङ घर भई हाल धादिङको गल्छी गाउँपालिका–६ मा बस्दै आएका ४९ वर्षीय प्रकाश मगरले गर्भवती श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको पेटमा भएको बच्चा आफ्नो नभएको आरोप लगाउँदै निर्घात कुटपिट गरी श्रीमती अर्घाखाँचीकी ३२ वर्षीया निशा क्षेत्री मगरको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गल्छी गाउँपालिका–६ महेशदोभानमा बस्दै आएकी निशालाई उनकै श्रीमानले पेटमा निर्घात क...

डेंगीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने

डेंगीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । डेंगीको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेंगी रोगको संक्रमण बढेपछि अभ...

प्रत्येक मिनेटमा तीन पासपोर्ट बन्छन्, तीन जनाले नेपाल छाड्छन्

प्रत्येक मिनेटमा तीन पासपोर्ट बन्छन्, तीन जनाले नेपाल छाड्छन्
परराष्ट्र मन्त्रालयको राहदानी विभागले एक वर्षको अवधिमा झण्डै १५ लाख पासपोर्ट जारी गरेको छ । ती पासपोर्ट गत आर्थिक वर्ष २०८०/८१ मा जारी भएका हुन् । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार, गत आर्थिक वर्ष राहदानी विभागले १४ लाख ७३ हजार ३२५ थान पासपोर्ट जारी गरेको छ । यो संख्या नेपालमा हालसम्म एकैवर्ष जारी भएका पासपोर्टमा सबैभन्दा ठूलो हो । यसअघि आर्थिक वर्ष २०७९/८० मा विभागले एकैव...

बुढीगंगा गाउँपालिका स्वास्थ्य स्वंयमसेविकालाई झोला वितरण

बुढीगंगा गाउँपालिका स्वास्थ्य स्वंयमसेविकालाई झोला वितरण
मोरङको बुढीगंगा गाउँपालिका भित्रका स्वास्थ्य स्वंयमसेविकाहरूलाई झोला वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगरले आफ्नो व्यक्तिगत तर्फबाट उनीहरूलाई झोला वितरण गरेका हुन् । इलाम भ्रमणमा गएका स्वास्थ्य स्वयंसेविकाहरूलाई अध्यक्ष थापा मगरले उतै झोला वितरण गरेका हुन् । स्वास्थ्य शाखा संयोजक वासुदेव रेग्मिका अनुसार गाउँपालिका भित्रका ३८ जना स्वास्थ्य स्वंयमसेविकाहरूलाई झोला वितरण गरिएको ह...

इटहरी उपमहानगरले विद्युतीय बस सञ्चालन गर्दै

इटहरी उपमहानगरले विद्युतीय बस  सञ्चालन गर्दै
सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रमा सहुलियत बस सेवा सुरु गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । उनले यस कार्यले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने विश्वास व्यक्त गरे । नगरप्रमुख पौडेलले भने, “इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ। सो कार्य सम्पन्न भए लगत्तै सेवा सञ्चालन ग...

विराटनगरका १५ विद्यालयमा कक्षा ११ को भर्ना बन्द

विराटनगरका १५ विद्यालयमा कक्षा ११ को भर्ना बन्द
विराटनगर महानगरपालिका क्षेत्रभित्रका १५ विद्यालयले कक्षा ११ को भर्ना बन्द गरेका छन् । उचित व्यवस्थापन अभाव र विद्यार्थी अपुग भएका कारण कक्षा ११ र १२ को पढाई बन्द गरेका हुन् । महानगरपालिकाको शैक्षिक महाशाखाकाको तथ्याङक अनुसार ११ र १२ कक्षा सञ्चालनको अनुमति प्राप्त ५० विद्यालयमध्ये १५ विद्यालयहरूले तत्काल विद्यार्थी नभएको जानकारी दिएका छन् । महानगरपालिका शैक्षिक महाशाखाका अधिकृत कृष्ण भट्टर...

हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ

हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ
बंगलादेशका पुर्व विदेशमन्त्री हसन महमुद पक्राउ परेका छन् । उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ । उनलाई हजरत शाहजलाल इन्टरनेशनल एयरपोर्टमा नागरिक उड्डयनका अधिकारीहरुले नियन्त्रणमा लिएर सेनालाई बुझाएको रिपोर्टमा उल्लेख छ ।यस अघि शेख हसिना सरकारका सूचना राज्यमन्त्रीलाई पनि पक्राउ गरेर सेनालाई बुझाइएको थियो । त्यस...