मोरङको बुढीगंगा गाउँपालिका भित्रका स्वास्थ्य स्वंयमसेविकाहरूलाई झोला वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगरले आफ्नो व्यक्तिगत तर्फबाट उनीहरूलाई झोला वितरण गरेका हुन् । इलाम भ्रमणमा गएका स्वास्थ्य स्वयंसेविकाहरूलाई अध्यक्ष थापा मगरले उतै झोला वितरण गरेका हुन् । स्वास्थ्य शाखा संयोजक वासुदेव रेग्मिका अनुसार गाउँपालिका भित्रका ३८ जना स्वास्थ्य स्वंयमसेविकाहरूलाई झोला वितरण गरिएको हो । उनीहरूलाई दुई दिने अध्ययन अवलोकन भ्रमणमा लगिएको र सोही अवसरमा गाउँपालिका अध्यक्षले झोला वितरण गरेका उनले जानकारी दिए । उनीहरूले गरेका कार्यलाई उच्च मुल्याङ्कन गर्दै तथा थप हौसला प्रदान गर्न आफ्नै खर्चबाट झोला प्रदान गरेको अध्यक्ष थापा मगरले बताए । आगामी दिनमा पनि उनीहहरूको हौसला अभिबृद्धि गर्न विभिन्न काम गर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते
मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिब...
सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा ...
गृहमन्त्रीको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि…..
गृहमन्त्री सुधन गुरुङलाई दिइएको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि होटलका दुई भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ...
विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा
विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गर...
मेरिल्याण्ड कलेजको कक्षा १२ मा उत्कृष्ट नतिजा
विराटनगर। विराटनगर–६ स्थित मेरिल्याण्ड कलेजले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल...
गर्मी बढेपछि शीतलता खोज्दै इटहरीको तालतलैया पुग्दै पर्यटक
गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीय स्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकहरूको ...
















