मोरङको बुढीगंगा गाउँपालिका भित्रका स्वास्थ्य स्वंयमसेविकाहरूलाई झोला वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगरले आफ्नो व्यक्तिगत तर्फबाट उनीहरूलाई झोला वितरण गरेका हुन् । इलाम भ्रमणमा गएका स्वास्थ्य स्वयंसेविकाहरूलाई अध्यक्ष थापा मगरले उतै झोला वितरण गरेका हुन् । स्वास्थ्य शाखा संयोजक वासुदेव रेग्मिका अनुसार गाउँपालिका भित्रका ३८ जना स्वास्थ्य स्वंयमसेविकाहरूलाई झोला वितरण गरिएको हो । उनीहरूलाई दुई दिने अध्ययन अवलोकन भ्रमणमा लगिएको र सोही अवसरमा गाउँपालिका अध्यक्षले झोला वितरण गरेका उनले जानकारी दिए । उनीहरूले गरेका कार्यलाई उच्च मुल्याङ्कन गर्दै तथा थप हौसला प्रदान गर्न आफ्नै खर्चबाट झोला प्रदान गरेको अध्यक्ष थापा मगरले बताए । आगामी दिनमा पनि उनीहहरूको हौसला अभिबृद्धि गर्न विभिन्न काम गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया