मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज ...

युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार ‘इकु’ पक्राउ

युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार ‘इकु’ पक्राउ
काठमाडौँ । कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कलाकार पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार उनले नेपाली सांस्कृतिक कार्यक्रमहरूमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भनी १५ देखि २० लाखसम्म रकम ठगी गर्ने गरेको पाइएको छ । ...

बुढीगंगा-५ नयाँ टोलमा करेन्ट लागेर दम्पतीको मृत्यु

बुढीगंगा-५ नयाँ टोलमा करेन्ट लागेर दम्पतीको मृत्यु
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ । बुधबार वृद्ध दम्पतीको घटनास्थलमै मृत्यु भएको हो । भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनकी पत्नी ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो ।मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतबा अनुसार विद्युत प्रवाह भइरहेको मोटर चलाएर कल पेल्ने क्रममा दुवै जनालाई बिहान ११ः५० ...

भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु

भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु
काठमाडौँ / भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्ट अनुसार भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको ज्यान गएको छ भने ५४ जना बेपत्ता भएका छन् । हावाहुरीका कारण शनिबारदेखि भारी वर्षा र बाढीको अवस्था सिर्जना भएको छ । पहिरोका कारण अवस्था बिग्रिएको छ । उत्तरी भियतनाममा हजारौं मानिस घरको छानामा फसेका छन् । सामाजिक सञ्जालमा धेरैले सहयोगको अपिल गरेका छन् । ...

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ- प्रधानमन्त्री ओली

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ- प्रधानमन्त्री ओली
काठमाडौँ  / प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कृषिप्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुनिक र उत्पादानमूलक कृषिमा लाग्न आग्रह गरेका हुन् । ...

पूर्व मुख्यमन्त्री कार्की देवकोटा चोक पुगेर फेरी सुरु गरे अनसन

पूर्व मुख्यमन्त्री कार्की देवकोटा चोक पुगेर फेरी सुरु गरे अनसन
विराटनगर । पूर्व मुख्यमन्त्री कार्की देवकोटा चोक पुगेर फेरी अनसन सुरु गरेका छन् । केहीबेर अघि पुगेर उनले फेरी अनसन सुरु गरेका हुन् । केही समय अघि मात्र निषेधित क्षेत्र भएकाले उनलाई प्रहरीले त्यहाँबाट हटाएको थियो । प्रहरीले घरमा लागेर छाडेपछि उनी पुनः अनसन बस्न आएका हुन् ।

१६ वर्षदेखि उडिरहेकाे बुद्धको जहाजलाई गरियो बिदाइ

१६ वर्षदेखि उडिरहेकाे बुद्धको जहाजलाई गरियो बिदाइ
काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर–४२ (नाइन एन एआईएन) विमानलाई व्यावसायिक उडानबाट बिदाइ गरेको छ । नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको ४७ सिट क्षमताको उक्त विमानलाई बुद्ध एयरले बिदाइ गरेको हो । २००८ सेप्टेम्बर १७ भित्रिएको सो जहाजले माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरू गरेको थियो । विमान मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको थियो । ७० हजार उडान साइकल पूरा गरेपछि व्यावसायिक उडान भर्न नप...

सुनसरीमा २४ वर्षीया किशाेरीमाथी पटक पटक बलात्कार : गर्भ बसेकाे थाहा पाएपछि कुटेरै गराइयाे गर्भपतन

सुनसरीमा २४ वर्षीया किशाेरीमाथी पटक पटक बलात्कार : गर्भ बसेकाे थाहा पाएपछि कुटेरै गराइयाे गर्भपतन
इटहरी । सुनसरीको  भोक्राहा नरसिंह गाउँपालिकाकी २३ वर्षीय एक युवतीले आफूलाई विवाहको आश्वासन दिएर पटक पटक बलात्कार गरेको र गर्भ बसेको थहा पाएपछि कुटेरै गर्भपतन गराएको गम्भिर अभियोग लगाएकि छिन । इनरूवामा पत्रकार सम्मेलनको आयोजना गर्दै पिडित किशोरीले सुनसरी इनरूवाकै हसबुल मियाँका छोरा २४ वर्षीय इमारान मियाँमाथी यस्तो आरोप लगाएकि हुन । इनरूवा ३ निवासी मियाले आफुलाइ विवाहको प्रलोभन देखाएर पटक पटक बल...

अब सरकारी कर्मचारीलाई खाजा खाने समय ३० मिनेट मात्र

अब सरकारी कर्मचारीलाई खाजा खाने समय ३० मिनेट मात्र
काठमाडौं । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार...

दिल्लीबाट रौतहटका चार बालकको सकुसल उद्धार

दिल्लीबाट रौतहटका चार बालकको सकुसल उद्धार
रौतहट  / रौतहट जिल्लाको मध्यभाग गरूडा नगरपालिकाका ४ जना बालकलाई भारतको राजधानी दिल्लीबाट सकुसल उद्वार गरिएको छ । गरुडा नगरपालिका जयनगर गाउँका संजीव महतो, भरत किशोर ठाकुर, शेख निराली, र सुवोध महतोलाई अभीयन्ता सरोज रायले भारतीय प्रहरीको सहयोगमा दिल्लीबाट उद्वार गरेका हुन् । जयनगर नजीककैको एक गाँउको एकजना मानिसले ती चारै जनालाई काममा लगाउने प्रलोभन देखाई एक महिना अघि दिल्ली लागेका थि...