काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर–४२ (नाइन एन एआईएन) विमानलाई व्यावसायिक उडानबाट बिदाइ गरेको छ । नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको ४७ सिट क्षमताको उक्त विमानलाई बुद्ध एयरले बिदाइ गरेको हो ।

२००८ सेप्टेम्बर १७ भित्रिएको सो जहाजले माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरू गरेको थियो । विमान मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको थियो । ७० हजार उडान साइकल पूरा गरेपछि व्यावसायिक उडान भर्न नपाउने एटीआरको नियमअनुसार यो विमानलाई आजबाट उडान बन्द गरिएको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरका अनुसार यो विमानले १८ लाख यात्रुलाई सेवा दिएको जनाइएको छ ।  नेपाल ल्याउनुअघि ३० हजार साइकल उडेको थियो ।  बुद्धसँग एटिआर ४२ सिरिजका तीन जहाज थिए, जसमध्ये एउटा जहाज उडान आवर सकिएर बिदा भएको छ ।

 

तपाईको प्रतिक्रिया