दादुराले अफगानिस्तानमा १ सय ६० जनाको ज्यान गयो : डब्लुएचओ

दादुराले अफगानिस्तानमा १ सय ६० जनाको ज्यान गयो : डब्लुएचओ
एजेन्सी । अफगानिस्तानमा पछिल्लो ६ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले जनाएको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो रोग लागेको छ भने १६० जनाको मृत्यु भएको छ । जसमध्ये ८१.१ प्रतिशत दादुराको शंकास्पद घटनामा पाँच वर्ष मुनिका बालबालिका र ४५ प्रतिशत महिला रहेका छन् । अधिकांश घटनाहरू पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा रेकर्ड ग...

२२ सदस्यीय मन्त्रिपरिषद् गठन, को को बने मन्त्री? (सूचीसहित)

२२ सदस्यीय मन्त्रिपरिषद् गठन, को को बने मन्त्री? (सूचीसहित)
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेसँगै ओलीले मन्त्रिपरिषद् गठन गरेका हुन्। उनले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्। प्रधानमन्त्री ओलीले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले मन्त्रीहरू नियुक्त गरेका हुन्। उनीहरूको शपथ अहिले भइरहेको छ। यी हुन् प्रधानमन्त्रीसहितका मन्त्री: १) केपी शर्मा ओली, प्रधानमन्त्...

प्रधानमन्त्री ओलीलाई मोदीले दिए बधाई

प्रधानमन्त्री ओलीलाई मोदीले दिए बधाई
नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत ओलीलाई बधाई दिएका हुन् । बधाई दिँदै उनले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले लिए शपथ

प्रधानमन्त्री ओलीले लिए शपथ
प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपति भवन शीतलनिवासमा  आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति पौडेलले आइतबार अपराह्न ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्। संविधानको धारा ७६ (२) मा ‘उपधारा १ बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत न...

ट्याक्टर पल्टिदा चालकको मृत्यु, २ जना गम्भीर घाइते

ट्याक्टर पल्टिदा चालकको मृत्यु, २ जना गम्भीर घाइते
कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राष्कोट नगरपालिका-५ अन्तर्गत आरसिपिबजारको सडकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । चालकसहित अन्य दुई जना गम्भीर घाइते भई उपचारका लागि बाटोमा लैजाँदै गर्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा रास्कोट नगरपालिका-२ का नम सार्कीको शरीरको भित्री भागमा चोट लागेको छ भने वडा नम्बर ५ कै प्रकाश तिरुवाको टाउकोमा चोट ला...

सुनको मूल्यले तोड्यो कीर्तिमान, कति पुग्यो ?

सुनको मूल्यले तोड्यो कीर्तिमान, कति पुग्यो ?
नेपाली बजारमा सुनको मूल्यले फेरि कीर्तिमान कायम गरेको छ । साताको दोस्रो कारोबार दिन आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो । आइतबार प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २०० रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा खरिदबि...

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन
चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् । त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन गरी बेपत्ता...

हराएर फेला परेका २१ दुईपाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

हराएर फेला परेका २१ दुईपाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
हराएका तथा चोरी भएका २१ ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रहरी उपरीक्षक विश्‍वराज खड्काले १३ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही व...

सिमलताल बस दुर्घटना : खोजी कार्यलाई अझै तीब्रता दिन प्रचण्डको निर्देशन

सिमलताल बस दुर्घटना : खोजी कार्यलाई अझै तीब्रता दिन प्रचण्डको निर्देशन
काम चलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बस दुर्घटनापछिको खोजी कार्यलाई अझै तीब्रता दिन निर्देशन दिएका छन्। आज बिहान तीनवटा सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजि निवास खुमलटारमा भेटेर प्रधानमन्त्री प्रचण्डले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका हुन्। भेटमा प्रधानमन्त्रीले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज,राहत र उद्दारमा संलग्न सुरक्षाक...

एमाले अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

एमाले अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोकेको समयसीमा आज सकिएपछि नयाँ प्रधानमन्त्री नियुक्ति गर्न लागेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखेको प्रस्ताव प्...