कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राष्कोट नगरपालिका-५ अन्तर्गत आरसिपिबजारको सडकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

चालकसहित अन्य दुई जना गम्भीर घाइते भई उपचारका लागि बाटोमा लैजाँदै गर्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा रास्कोट नगरपालिका-२ का नम सार्कीको शरीरको भित्री भागमा चोट लागेको छ भने वडा नम्बर ५ कै प्रकाश तिरुवाको टाउकोमा चोट लागेको छ। उनीहरूको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया