भोजपुरको नौं वटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध

भोजपुरको नौं वटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध
भोजपुर । केही दिनअघिबाट आएको निरन्तरको वर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा भौतिक क्षतिसँगै यातायात सञ्चालनमा समस्या भएपछि जनजीवन कष्टकर बनेको हो । वर्षाका कारण पहिरो जाँदा दुईवटा घरमा क्षति पुगेको छभने प्रायः नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध बनेका छन् । वर्षाले सदरमुकामबाट उत्तरी क्षेत्र जोड्ने भोजपुर–दिङ्ला सडक र दक्षिणी क्षेत्र जो...

भारतविरुद्ध बंगलादेश २३३ रनमा अल आउट

भारतविरुद्ध बंगलादेश २३३ रनमा अल आउट
काठमाडौँ / भारतविरुद्धको दोस्रो टेस्टमा बंगलादेशले पहिलो इनिंगमा २३३ रन बनाएको छ । बर्षाले प्रभावित बनेको यस टेस्टको चौथो दिन आज बंगलादेशले २३३ रन बनाएर अलआउट भएको हो । बंगलादेशका लागि मोनिमुल हकले १०७ रनको शतकीय पारी खेलेका थिए भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । त्यस्तै भारतका बलर जसप्रित बुमराहले ३ विकेट लिए भने मोहमद सिराज, आकाश दीप र आर आश्विनले २-२ विकेट ल...

छविलाल जोशीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

छविलाल जोशीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन
काठमाडौं / सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ । अधिवक्ता रोचक जोशीले आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन् । सो निवेदनमाथि आज सुनुवाइ हुँदैछ । सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजालसमा पेशी तोकिएको छ । सहकारी ठगीमा पक्रा...

कोशी सरकारले बाढी पहिरोमा मृत्यु भएकाको परिवारलाई १ लाख राहत दिने

कोशी सरकारले बाढी पहिरोमा मृत्यु भएकाको परिवारलाई १ लाख राहत दिने
इटहरी । कोशी प्रदेश सरकारले अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनेको परिवारलाई जनही १ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । प्रदेश विपत् कार्यकारी समितिको आइतबार बसेको बैठकले प्रदेश विपद् ऐन अनुसार प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका परिवारलाई तत्काल १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेश विपत् कार्यकारी समितिका संयोजक एव आन्तरिक मामिला त...

दशैंको लागि सुकिला नोट वितरण सुरु

दशैंको लागि सुकिला नोट वितरण सुरु
इटहरी । दशैंका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोटको वितरण सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले आइतबारदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको छ । यो वर्ष राष्ट्र बैंकले नयाँ नोट भने छापेको छैन । गत वर्ष नै छापेका सुकिला र सफा नोट वितरण गर्ने बैंकको तयारी छ । राष्ट्रबैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित...

विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित

विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित
इलाम । गत शनिबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित बनेका छन् । बाढीले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । ती जिल्लाका सदरमुकामसहित सबै गाउँ–नगर अन्धकार बनेका हुन् । विद्युत् अवरुद्ध हुँदा यी जिल्लाबाट प्रसारण भइरहेका एफएम रेडियो, पत्रपत्रिका र अनलाइनलगायत सञ्चारमाध्यम बन्द भएका छन् । मोब...

कोशी ब्यारेज पुलमा चल्न थाले सवारीसाधन

कोशी ब्यारेज पुलमा चल्न थाले सवारीसाधन
सप्तरी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझदेखि सवारीसाधन चल्न थालेका छन्। कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए। कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लाष्टिक र दाउरासहितका फोहोर सफा गरिएकाले यातायात सहज भएको उनले बताए। ‘कोशीमा पानीको प्रवाह अत्यधिक ...

बृद्धभत्ता लिन गएका चेम्चोंङको शव भेटियो

बृद्धभत्ता लिन गएका चेम्चोंङको शव भेटियो
पाँचथर । फाल्गुनन्द गाउँपालिका ५ का ७२ वर्षीय नरेन्द्र चेम्जोङको शव स्थानीय जीउजीया खोलामा भेटिएको छ । असोज ११ गते सामाजिक सुरक्षा भत्ता लिन गाउँ‘पालिका केन्द्र घुर्विसे पञ्चमी गएका चेम्जोङ सोही दिन अपराह्नदेखि सम्पर्कविहीन थिए । उनको शव आइतबार बिहान स्थानीयले जीउजिया खोलामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथर प्रहरी प्रवक्ता (इन्स्पेक्टर) बेनीलाल साहका अनु...

हानी सिंहको अभिनेत्री हीरा सोहलसँग अफ्येर्सकाे चर्चा

हानी सिंहको अभिनेत्री हीरा सोहलसँग अफ्येर्सकाे चर्चा
एजेन्सी । भारतका चर्चित र्‍यापर यो यो हनी सिंहले अभिनेत्री हीरा सोहलसँगको प्रेम सम्बन्धलाई अफिसियल गरेका छन् । अबु धाबीमा आयोजित आइफा अवार्ड २०२४ को ग्रीन कार्पेटमा हानी सिंहले प्रेमिका हीरासँग पोज दिएका थिए । यस क्रममा दुवैको अनुहारमा मिठो मुस्कान पनि देखियो । हानी सिंहले हिरालाई केही समयदेखि डेट गरिरहेको बताइएको छ । र, दुवैले एकअर्काको हात समातेर आफ्नो सम्बन्धलाई औपचारिकता दिएका ...

अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद लागु गर्ने तयारी

अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद लागु गर्ने तयारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वका विषयमा उमेर हद बारे मतदान हुने भएको छ। बिहीबार देखि सुरु भएको २३औं सम्मेलन चलिरहेका बेला आइतबार बसेको माओवादी केन्द्रको बैठकले विद्यार्थी सङ्गठनमा उमेर हद लगाउने कि नलगाउने जिम्मेवारी हललाई नै दिने निर्णय गरेको हो । अधिकांश नयाँ विद्यार्थी नेताहरू सम्मेलनमा सहभागी भएकाले आज हलले सङ्गठनमा उम...