इटालीको समुन्द्रमा जहाज दुर्घटना हुदाँ बेलायती बिलिनियरको मृत्यु
रोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२ जना सवार थिए । जसमा अमेरिका, बेलायत र क्यानडाका १० चालक दलका सदस्य र १२ जना यात्रु थिए। डुंगाको भग्नावशेष पहिचान भएको छ । यो समुन्द्रको ५० मिटर गहिराईमा भेटिएको थियो । न्यूयोर्क टाइम्सका अनुसार याटमा राखिएका कुकको मृत्यु भएको छ र अन्य ६ जना हराइरहेका छन्। बेपत्ता हुनेमा बेलायतका प्रसिद्ध सफ्टवेयर व्...