बिराटचौकमा टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु

बिराटचौकमा टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु
बिराटचौक / मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई टिपर तथा चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य ...

मुनालपथमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा २ जना गम्भीर घाइते

मुनालपथमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा २ जना गम्भीर घाइते
विराटनगर । विराटनगरको मुनालपथमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पाँचथर फिदिम निवासी अन्दाजी २० वर्षीय धनबहादुर तामाङ र २१ वर्षीय सञ्जय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवम् प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए । प्रवक्ता खिउजुका अनुसार दक्षिण बाट उत्तर तर्फ आउदै गरेको को १ ख ४०४३ नम्बरको महालक्ष्मी यातायातको बसले विपरीत दिश...

बुवाको निधन पछि आमा र बहिनीको सहारा भन्दै आएका १९ वर्षीय विवश बिदेशमै अस्ताए, दशैमा आमा र बहिनिसंग भेट्ने सपना टुट्यो !

बुवाको निधन पछि आमा र बहिनीको सहारा भन्दै आएका १९ वर्षीय विवश बिदेशमै अस्ताए, दशैमा आमा र बहिनिसंग भेट्ने सपना टुट्यो !
काठमाडौँ । अर्घाखाँचीका १९ वर्षीय विवश कुँवरको सपना थियो राम्रो पैसा कमाउने र सुखी जिन्दगी बिताउने । तर हुने हार दैव नटार उनले अल्पायुमा नै संसार छाडे । त्यो पनि रोजगारीका लागि भारत पुगेको समयमा मालारानी गाउँपालिका–५ बाँगी भणडार गौराका विवश कुँवर  हरियाणा राज्यको फरिदाबादको एक होटलमा काम गर्दै आएको र काम गर्ने घरको छतमा बसेको समयमा एक्कासी रिंगटा लागेपछि आकस्मिक रुपमा उपचारका ...

पानीको नालीमा डुबेर १ जनाको मृत्यु

पानीको नालीमा डुबेर १ जनाको मृत्यु
सुनसरी / सुनसरीको रामधुनीमा नालीमा डुबेर एक जनाकाे मृत्यु भएको छ । रामधुनी नगरपालिका-५ भमरी चोकका ४७ बर्षीय गोपाल गौतमको नालीमा डुबेर मृत्यु भएको हाे । आज बिहान ७ बजे नालीमा डुबेर मृत अवस्थामा रहेको भन्ने स्थानीयले प्रहरीलाइ जानकारी गराएकाे थियाे । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

आपसी झगडा हुँदा एक जनाको मृत्यु

आपसी झगडा हुँदा एक जनाको मृत्यु
गुल्मी / कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच झगडा हुँदा शनिबार साँझ दुर्गादत्तको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीन घलेलेका अनुसा झगडा हुँदा घाइते भएका दुर्गादत्तकाे उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो टोपबहादुरलाई राति १ बजे रुरु गाउँपालिकाको रिडीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । ढकाल र...

भोजपुरको एउटा घटना जहाँ दलित केटी बिहे गरेको भन्दै बाबुको किरिया गर्न दिईएन

भोजपुरको एउटा घटना जहाँ दलित केटी बिहे गरेको भन्दै बाबुको किरिया गर्न दिईएन
भोजपुर  ।   सदरमुकाम दिङ्लाबाट २ कोश टाढा भोजपुर नगरपालिका–१२ आम्तेकका ३२ वर्षीय चन्द्र खड्का गएको असोज ३ गते वैदेशिक रोजगारीको सिलसिलामा काठमाण्डौ पुग्नुभयो । उहाँलाई कतार जान भिषाको प्रक्रिया मिलाउनु थियो । तर खड्का काठमाण्डौ पुग्ने बित्तिकै घरबाट बुवाको देहान्त भएको खबर आयो । उहाँ रातारात बस चढेर काठमाण्डौदेखि घर फर्किनुभयो । तीन दिनपछि घर पुग्दा जेठा दाजु सम्मर...

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
चितवन / जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ ।

धादिङ बस दुर्घटनाका ४ जना घाइतेको सेनाको हेलिकोप्टरबाट उद्दार

धादिङ बस दुर्घटनाका ४ जना घाइतेको सेनाको हेलिकोप्टरबाट उद्दार
धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–१३ मा यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जना यात्रुको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौंजा गाउँमा दुर्घटनामा परेर घाइते भएका ५ जनामध्ये ४ जनाको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । गम्भीर घाइते ४ जनाको जिल्ला अस्पताल ध...

धनुषाबाट चाँदीसहित २ जना पक्राउ

धनुषाबाट चाँदीसहित २ जना पक्राउ
१२ असोज, जनकपुरधाम । धनुषाबाट प्रहरीले चाँदीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधामस्थित ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारतको बिहार राज्य अन्तर्गत मधुवनीका धिरज ठाकुर रहेका छन् । बा.११ च. १२५० नम्बरको टाटा सुमोबाट धनुषाको जटही हुँदै भारततर्फ जाँदै गर्दा शनिबार राति चेकजाँचका क्रममा उनीहरुको साथबाट ७ किलो चाँदी बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।...

ज्यान मार्ने उद्योगका फरार अभियुक्त २४ वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योगका फरार अभियुक्त २४ वर्षपछि पक्राउ
१२ असोज, काठमाडौं । ज्यान मार्ने उद्योगमा सजाय सुनाइएका एकजना फरार अभियुक्त २४ वर्षपछि पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१२ का ४९ वषर्ीय चिनवा भनिने समिम अख्तर अंसारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शनिबार राति सोही उनकै गाउँबाट पक्राउ गरेको हो । अंसारीलाई सर्वाेच्च अदालतको २०५२ जेठ २५ गतेको फैसलाले ज्यान मार्ने उद्योगमा ४ वर्ष ११ महिना १० दिन सजाय सुना...