messi

विराटनगर । विराटनगरको मुनालपथमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा पाँचथर फिदिम निवासी अन्दाजी २० वर्षीय धनबहादुर तामाङ र २१ वर्षीय सञ्जय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवम् प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए । प्रवक्ता खिउजुका अनुसार दक्षिण बाट उत्तर तर्फ आउदै गरेको को १ ख ४०४३ नम्बरको महालक्ष्मी यातायातको बसले विपरीत दिशामा जाँदै गरेको मे २ प ८७९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएको दुबैको विराटनगर स्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ भने धनबहादुर तामाङको अवस्था गम्भीर रहेको छ । प्रवक्ता खिउजुले बस र चालक प्रहरीको नियन्त्रणमा रहेको बताए ।

तपाईको प्रतिक्रिया