सुनसरी / सुनसरीको रामधुनीमा नालीमा डुबेर एक जनाकाे मृत्यु भएको छ । रामधुनी नगरपालिका-५ भमरी चोकका ४७ बर्षीय गोपाल गौतमको नालीमा डुबेर मृत्यु भएको हाे । आज बिहान ७ बजे नालीमा डुबेर मृत अवस्थामा रहेको भन्ने स्थानीयले प्रहरीलाइ जानकारी गराएकाे थियाे ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

तपाईको प्रतिक्रिया