काठमाडौँ । अर्घाखाँचीका १९ वर्षीय विवश कुँवरको सपना थियो राम्रो पैसा कमाउने र सुखी जिन्दगी बिताउने । तर हुने हार दैव नटार उनले अल्पायुमा नै संसार छाडे । त्यो पनि रोजगारीका लागि भारत पुगेको समयमा

मालारानी गाउँपालिका–५ बाँगी भणडार गौराका विवश कुँवर  हरियाणा राज्यको फरिदाबादको एक होटलमा काम गर्दै आएको र काम गर्ने घरको छतमा बसेको समयमा एक्कासी रिंगटा लागेपछि आकस्मिक रुपमा उपचारका लागि स्थानीय मेट्रो अस्पताल पुर्‍याउँदा चिकित्सकले मृ त घोषणा गरेका थिए ।

 

विवशको निधन भएसँगै होटल सञ्चालकले उनकी आमालाई आजिवन भारु ३ हजार रुपैयाँ दिने सहमती गरेको छ ।  बुवा को निधन पछि आर्थिक अवस्था कम्जोर भएका कारण भारतमा रोजगारी गर्न बाध्य भएका कुँवरका दुई दिदि एक बहिनी छन ।

आमा लाई सगाउन र बहिनी को पढाई अनि आफ्नो पढाई लाई निरन्तरता दिन्न भारत पसेका कुँवरको मृ त्यक शरीर मात्र आउने भए पछि समग्र गाउँ नै शोकमा डुबेको छ। बैशाखमा कलास १२ को परिक्षा दिन्न नेपाल आउदा धेरै विदा न भएपनि दसैंमा अलि धेरै बिदा लिएर नेपाल आउने योजना रहेको स्थानीय बताउछन् ।

विवशका बुबाको निधन भइसकेका कारण आमाको सहारा पनि टुटेका छन् । विवशको निधनसँगै उनको परिवारको मात्रै नभएर अहिले गाउँ नै शोकमा परेको छ ।

तपाईको प्रतिक्रिया