सापटी पैसा फिर्ता नदिएपछि ६२ वर्षीया बृद्धाकाे हत्या
लमजुङ । लमजुङको बेंसीशहर नगरपालिका–११, चिती बजरखुट्टाका एक व्यक्तिले पैसा सापटी नदिएको झोकमा एक महिलाको हत्या गरेका छन् । बेंसीशहर नगरपालिका–११, चिती बजरखुट्टाका ४७ वर्षीय सुके भनेर चिनिने सुग्गरे सार्कीले पैसा सापटी माग्दा नदिएको झोंकमा चितीकै तिवारीडाँडा बगैंचाकी ६२ वर्षीया वृद्धा सान्नानी घर्तीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङले आज (बिहीबार) सान...