झाँक्रीले जण्डिस ठिक पार्ने भन्दै बिरामीको पेट दुई ठाउँ चिरे, बिरामी जीवन मरणको दोसाँधमा
धादिङ । झाँक्रीले जण्डिसको उपचार गर्ने भनेर धादिङका एक युवकको पेटमा ब्लेडले प्वाल पारिदिएपछि उनको अवस्था गम्भीर भएको छ । केही समय अघिबाट जण्डिसले थला परेका नीलकण्ठ नगरपालिका वडा न ९ का ३९ वर्षीय राजु मगरलाई सोही नगरपालिका वडा न ३ का गजबहादुर लामाले ठुलो रकम लिएर निको पार्ने भन्दै दुई ठाउँमा प्वाल पारिदिएका हुन् ।
पेट ब्लेडले चिरेर प्वाल पारेपछि अहिले मगरको जीवन मरणको दोसाँधमा छ । जिल्ला अस्...









