बाटै बाट अशक्त बिरामी उठाउछन सुनिल शर्मा
सुन्दरहरैचा, मोरङ क्षेत्र नं ०३ बाट गत वर्षको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएका व्यक्ती हुन सुनिल शर्मा । कुनै बेला क्षेत्र नं ०३ नेपाल कम्युनिष्ट पार्टीको लाल किल्लाको रुपमा परीचित हुँदै आएको यस क्षेत्रमा शर्माको आगमन भए सगै उनले यो भनाईलाई उल्टाएका छन ।
गत वर्षको निर्वाचनमा थोरै मतान्तरले पराजित भएका शर्मा यति खेर जनताको घरदैलोमा नै व्यस्त छन । चुनावी मैदानमा उत्रीदा आफु...








