घाँटी कसेर आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने २९ वर्षीय लक्ष्मण नेपाललाई प्रहरीले आइतबार श्रीमतीको हत्याको अभियोगमा पक्राउ गरेको हो।
नेपालले २५ वर्षीया श्रीमती उषा पनेरु नेपाललाई डोरीले घाँटी कसेर हत्या गरेको आरोप लागेको छ। हत्याको सूचना प्राप्त हुनासाथ पुगेको महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले श्रीमान नेपाललाई पक्राउ ...











