ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङका ३१ वर्षीय चन्द्रबहादुर बस्नेत १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थसहित परेका छन् ।

बस्नेतको घरमा हतियार तथा विष्फोटक पदार्थसमेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले बस्नेतको घर खानतलासी गर्ने क्रममा १ थान कटुवा पेस्तोल, ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, टाईम सेटिङ डिभाईस, रिमोट कन्ट्रोल सेट, ३ थान, ब्याट्री सेट २ थान, जिलेटिन ५४ थान, सेफ्टी फ्युज वायर साँढे ३ फिट तथा अन्य बिभिन्न प्रकारका दस्तावेजहरूसमेत बरामद गरेको छ ।

हतियार तथा बिष्फोटक पदार्थसहित पक्राउ परेका बस्नेतको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र एरियाबाट हतियारसहित १ महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा अजिरकोट काफल डाँडा बस्ने–४१ वर्षीया उमा भुजेल रहेकी छन् । उनलाई १ थान रिभल्बर र ५ राउण्ड गोलीसहित पक्राउ गरिएको हो ।

स्कुटीमा सवार गरी आइरहेका दुई जना उपर चेकजाँच गर्दा मोटरसाईकल पछाडि सवार रहेकी उमाको साथबाट मेड इन यूएसए लेखेको रिभल्वर १ थान, गोली ५ थान र मोबाइल ५ थान फेला पारी बरामद गरिएको हो । स्कुटी चालक जिल्ला झापा दमक बेलडाँगी बस्ने ३० वर्षीय सुमनसिंह पौडेल समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया