काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकोटमा सिटिजन्स बैंकको एटीएम बुथ तोडेर रकम लुटपाट गर्न खोज्ने २ जना फक्राउ परेका छन् ।

एटीएम बुटको सटर तोडी एटीएम मेसिन फुटाउने क्रममा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका–६ घर भइ काठमाडौंको दाउराडिपो बस्ने २४ वर्षीय चित्रबहादुर शाही र २० वर्षीय नन्दराज धराल छन् ।

प्रहरीका अनुसार उनीहरुले ढुंगा, पिलास र फलामको रेञ्च प्रयोग गरेर एटीएम मेसिन फुटाउन खोजेका थिए ।

ढुङ्गाको प्रयोगबाट एटीएम बुथको सटर तोडेपनि उनीहरुले एटीएम मेसिन भने फुटाउन सकेका थिएनन् ।

फलामको रेञ्च प्रयोग गरेर मेसिन फुटाउन क्रममा दुवैलाई महानगरीय प्रहरी बृत्त थानकोटको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट एटीएम बुथको सटर तोड्न प्रयोग भएको ढुङ्गा, पिलास, फलामको रेञ्च र चक्कु बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया