खोटाङको बुवाखोला मोटरेबल पक्की पुल सञ्चालनमा, दक्षिणी भेगको यातायात सहज
विराटनगर । कोशी प्रदेशको गौरवको आयोजना मानिएको खोटाङ जिल्लाको सबैभन्दा लामो १४८ मिटर लम्बाइको बुवाखोला मोटरेबल पक्की पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शनिबार उद्घाटन गरेसँगै खोटाङको दक्षिणी भेगका स्थानीयवासीले अब सहज र सुरक्षित रूपमा आवतजावत गर्न पाउने भएका छन्।
जन्तेढुङ्गा तथा बराहपोखरी गाउँपालिकाको सिमानामा बनेको पुल १७ करोड ५८ लाख र...











