झापामा बाढीबाट मृत्यु हुने अधिकांश बालबालिका
झापा,१४ साउन । असारको अन्तिम र साउनको पहिलो साता आएको बाढीमा मृत्यु हुनेमा यहाँका अधिकांश बालबालिका रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले झापामा बाढीमा परी मृत्यु भएका ७ जनामध्ये ४ जना बालबालिका रहेका जनाएको छ । १ जना अझै बेपत्ता छन् ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार अभिभावकको निगरानी बाहिर गएर खोलाको बाढी हेर्न जाँदा, पौडी खेल्दा र घर छेउको गहिरो खाडलमा प...








