बुढीगंगामा श्री राधाकृष्ण मन्दिर सेवा समितिको २५औं साधारणसभा सम्पन्न
टंकीसिन्वारी (मोरङ) — बुढीगंगा गाउँपालिका–१ टंकीसिन्वारीस्थित श्री राधाकृष्ण मन्दिर सेवा समितिको २५औं वार्षिक साधारणसभा तथा नवौं महाधिवेशन सम्पन्न भएको छ।
मन्दिर सेवा समितिका अध्यक्ष माधव कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर रहनु भएकाे थियाे ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष थापामगरले गाउँपालिकाले धर्म, संस्कृति र परम्पराको संर...











