जेनजी आन्दोलनको आवरणमा सुनसरी इटहरीको प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि दुर्व्यवहार गर्ने गिरोह पक्राउ परेको छ ।
इलाका प्रहरी कार्यालयको भवन आगजनी गरेर ध्वस्त बनाएको घटनामा संलग्न गिरोहका ५ जना पक्राउ परेका हुन् । भदौ २४ गते प्रहरीको भवन र सवारीसाधन आगजनी एवं तोडफोड गरेर ध्वस्त पारिएको थियो ।
साथै, कार्यालयमा लुटपाट गरेर सुरक्षामा खटिएका प्रहरीमाथि दुर्व्यवहारसमेत गरिएको थियो । घटनामा संलग्नमध्ये पहिचान भएका ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङपाङ घर भइ इटहरी–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी–४ का २४ वर्षीय सोनम कार्की, इटहरी–५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की र इटहरी–८ का २४ वर्षीय आभाष कार्की रहेका छन् ।

तपाईको प्रतिक्रिया